आईपीएल : गुजरात र चेन्नई तथा सनराइजर्स र कोलकाता खेल्दै

आईपीएल : गुजरात र चेन्नई तथा सनराइजर्स र कोलकाता खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार दुई वटा खेल हुँदैछन् ।

पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे गुजरात टाइटन्स र चेन्नई सुपर किङ्ग्सबीच हुनेछ । यो खेल अहमदाबादमा हुनेछ ।

१३ खेलमा १८ अङ्क रहेको गुजरात तालिकाको शीर्ष स्थानमा छ । चेन्नई समान १३ खेलमा ६ अङ्कसहित पुछारमा छ ।

यस्तै दोस्रो खेलमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्स खेल्दैछन् । यो खेल दिल्लीमा हुनेछ ।

आईपीएल क्रिकेटमा प्लेअफमा स्थान बनाएका चार टोलीमध्ये शनिबार भएको खेलमा पन्जाब दिल्लीसँग र शुक्रबार भएको खेलमा बेङ्गलुरु सनराइजर्स हैदराबादसँग र बिहीवार भएको खेलमा गुजरात लखनउसँग पराजित भयो ।