आइपिएल : मुम्बई इन्डियन्स र गुजरात टाइटन्स भिड्दै

आइपिएल : मुम्बई इन्डियन्स र गुजरात टाइटन्स भिड्दै

आज पराजित हुने टोली घर फर्कने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आइपिएल २०२५ को एलिमिनेटर खेल शुक्रबार मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबिच हुँदै छ।

खेल मुल्लानपुरको महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार साँझ पौने ८ बने सुरु हुने छ। यो खेलमा हार्ने टोलीको यात्रा यही समाप्त हुने छ भने विजेता टोलीले क्वालिफायर-२ पुग्ने छ।

दुवै टोली प्लेअफमा दोस्रो पटक आमनेसामने हुँदै छन्। यसअघि उनीहरू २०२३ को क्वालिफायर-२ मा भिडेका थिए। त्यसपछि गुजरातले मुम्बईलाई ६२ रनले पराजित गरेको थियो।

आइपिएलमा मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबिच अहिलेसम्म जम्मा ७ खेल खेलिएका छन्। जसमध्ये गुजरातले ५ खेल जितेको छ भने मुम्बईले २ खेल मात्र जितेको छ।

यसरी, अहिलेसम्म गुजरातको हात माथि छ। दुवै टोली सिजनमा तेस्रो पटक आमनेसामने हुने छन्। यसअघि दुई खेल खेल्दा गुजरातले दुवै पटक जितेको थियो। दुवै टोली पहिलो पटक महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालामा भिड्ने छन्।