माया खोलाको आईपीओमा करीब १४ लाखको आवेदन


काठमाण्डु- माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको माघ १३ गतेदेखि आज माघ १७ गतेसम्म निष्काशन खुला भएको आईपीओमा १३ लाख ९७ हजार ७ सय २३ जनाले आवेदन दिएका छन् ।

आज अन्तिम दिन साँझसम्म १ अर्ब ५८ करोड ६३ लाख ८१ हजार रुपियाँ बराबरको १ करोड ५८ लाख ६३ हजार ८ सय १० कित्ताको लागि आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात सर्वसाधारणको लागि प्रतिकित्ता रु १०० अङ्कित दरमा १९ लाख ९२ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी रु एक अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कुल ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीयका लागि कुल १० लाख कित्ता शेयर निष्सकासन गरी बाँडफाँट गरिसकिएको छ ।

त्यस्तै दुई लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, एक लाख २० हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरिएको र ४८ हजार कित्ता कर्मचारीलाई छुट्याई बाँकी १९ लाख ९२ हजार कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ एक लाख ९९ हजार २ सय जनाले १०-१० कित्ता शेयर पाउने छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement