मोलुङ हाइड्रोपावरको आइपिओ आउँदै


काठमाण्डु- मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आगामी फागुन ४ देखि प्रतिकित्ता रू एक सय अङ्कित दरमा २२ लाख ६४ हजार छ सय ५५ कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले जारी पुँजी रू ८० करोड २५ लाखको ३४ प्रतिशतको २७ लाख २८ हजार पाँच सय कित्ता शेयरमध्ये दुई लाख ७२ हजार आठ सय ५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र एक लाख ३६ हजार चार सय २५ कित्ता सामूहिक लगानी कोषलाई वितरण गरिसकेको छ । ५४ हजार पाँच सय ७० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीलाई छुट्याइएको छ ।

बाँकी २२ लाख ६४ हजार छ सय ५५ कित्ता शेयरमा सर्वसाधारणलाई लगानी गर्न आह्वान गरिएको कम्पनीले जनाएको छ । निष्कासन गरिने शेयरमा लगानीकर्ताले छिटोमा आगामी फागुन १० सम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे फागुन १८ सम्म न्यूनतम १० देखि अधिकतम आठ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement