खुल्यो ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ

खुल्यो ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ


काठमाण्डु – ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आज (सोमबार) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्कासन गरेको छ।

कम्पनीले १ करोड ८० लाख रूपैयाँ बराबरको १ लाख ८० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न गरेको हो।

कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रूपैयाँको ३० प्रतिशत अर्थात् १८ करोड रूपैयाँ बराबरको १८ लाख कित्ता सेयर आइपिओ निष्कासन गर्ने अनुमति पाएकोमा त्यसको १० प्रतिशत वैदेशिक रोजगारीमा गएकाहरूका लागि खुलाएको हो ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

फागुन ५ गतेसम्म आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।