तेहरान – इरान र अमेरिकाबिचको तनाव बढेका बेला इरानले विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्ग हर्मोज जलसन्धि पुन: बन्द गरेको घोषणा गरेको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी समुद्री डकैतीका कारण जलसन्धिको नियन्त्रण पुन: आफ्नो पूर्ववत् अवस्थामा फर्किएको जनाएको हो ।
इरानी बन्दरगाहहरूमा अमेरिकाले निरन्तर नाकाबन्दी गरिरहेकाले त्यसको जवाफमा हर्मोज जलसन्धि बन्द गरिएको तेहरानको दाबी छ ।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँग सम्झौता नभएसम्म जलसेनाको नाकाबन्दी पूर्णरूपमा जारी रहने बताएका छन् । ट्रम्पको भनाइले इरानमाथिको आर्थिक र सैन्य दबाब अझै केही समय लम्बिने सङ्केत गरेको छ ।
यसअघि इरानका विदेशमन्त्री अब्बास अराघचीले लेबनानमा भएको युद्धविराम र घोषित रुटको पालना गर्ने गरी सबै व्यावसायिक जहाजका लागि हर्मोज जलसन्धि पूर्णरूपमा खुला रहेको बताएका थिए । तर पछिल्लो घटनाक्रमले परिस्थितिमा फेरबदल आएको छ ।




प्रतिक्रिया