इरानमा कोरोनाभाइरसका संक्रमित बढे


तेहरान – इरानमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा ठूलो संख्यामा संक्रमितहरुको मृत्यु भएको छ । इरानी स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो पटक एकै दिन ३४६ जनाको ज्यान गएको छ ।

यो मृत्युसँगै इरानमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ हजार २९९ पुगेको छ । अरब देशहरुमा इरानमा सबैभन्दा ठूलो संख्यामा इरानमा कोरोनाभाइरसका संक्रमितको मृत्यु भएको छ ।

इरानको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता सिमा सादात लारीले नयाँ कोरोनाभाइरसबाट संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ६ हजार ९६८ रहेको पनि जानकारी दिए । उनले योसहित इरानमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ८२४ पुगेको बताए । एपी

प्रतिक्रिया दिनुहोस
Advertisement