इरानमा विमान दुर्घटना हुंदा ६६ जनाको मृत्यु


तेहरान–इरानमा विमान दुर्घटना हुंदा ६६ जनाको मृत्यु भएको छ । इरानको राजधानी तेहेरानबाट यासुजका लागि उडेको एटीआर–७२ कल साइन भएको यात्रुवाहक विमान इस्फान प्रान्तको सेमीरोममा दुर्घटनाग्रस्त भएको विविसीले जनाएको छ ।

दक्षिणी इरानको सेमीरोम प्रान्तको हिमालमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा परेर विमानमा सवार सबै यात्रुको मृत्यु भएको छ । असीमान एयरलाइन्सको उक्त जहाज दुर्घटनामा परेको उक्त कम्पनीका प्रवक्ता मोहम्मद टाघीले पुष्टी गरेका छन्।

२० वर्ष पुरानो उक्त जहाज आपतकालिन अवतरणको प्रयास गर्ने क्रममा दुर्घटना भएको समाचारमा जनाइएको छ । घटना विकट पहाडी क्षेत्रमा भएकाले उद्दार कार्यमा कठीनाई भइरहेको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ । दुर्घटनाको कारण भने अझै आइसकेको छैन् । घटनास्थलतर्फ उद्दारका लागी हेलिकोप्टर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement