इरानी सांसदले तोके ट्रम्पको टाउकोको मूल्य साढे ३३ करोड


तेहरान – एक इरानी सांसदले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्नेलाई ३० लाख अमेरिकी डलर अर्थात् साढे ३३ करोड रुपैयाँ इनाम दिने घोषणा गरेका छन् ।

इरानको अर्ध सरकारी समाचार एजेन्सी आईएसएनएका अनुसार इरानी सांसदले यो घोषणा अमेरिकी ड्रोन हमलामा मारिएका आफ्नो देशका शीर्र्ष सैन्य जनरल कासिम सुलेमानीको मृत्यूको बदला लिनका लागि गरेका हुन् ।

मजलिसका सदस्य अहमद हमजेहले यो घोषणा मेजर जनरल सुलेमानीको गृह नगर केरमानका निवासीकातर्फबाट गरेका हुन् । हमजेहले भने, ‘हामी ट्रम्पलाई मार्नेलाई ३० लाख डलर दिन्छौ ।’

तर यो रकम कसले दिन्छ भन्ने बारेमा भने उनले स्पष्ट पारेका छैनन् । उता जेनेभामा निशस्त्रीकरणमा आयोजित कन्फिरेन्समा रहेका अमेरिकी राजदूतले यसलाई मुर्खता भएको बताएका छन् ।

यसले इरानी सत्ता आतंकवादी आधारमा चलेको उनले बताए । इरानी सत्ताले आफ्नो व्यवहारमा परिवर्तन गर्न आवश्यक भएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement