इराकसंगको मैत्रीपूर्ण खेलमा नेपाल ६-२ गोल अन्तरले पराजित


काठमाण्डु– नेपाल इराकसंग पराजित भएको छ । इराकसंगको मैत्रीपूर्ण फुटबलमा नेपाल ६–२ गोलको अन्तरले पराजित भएको हो । इराकको बसरामा शनिबार मध्यरातमा भएको खेलको सातौं मिनेटमा घरेलु टिमले अग्रता लिएको थियो। इराकका कप्तान अली अब्दुल जहर खासिनले फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए । नेपालको तर्फबाट अन्जन विष्टले आठौं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

खेलको ३० औं मिनेटमा डेब्यू खेलाडी मनिष डांगीले गोल गरेपछि नेपालले खेलमा अग्रता लिएको थियो । ४० मिनेटसम्म २–१ ले अग्रता लिएको नेपालले त्यसपछि पहिलो हाफमा तीन गोल खान पुग्यो।

त्यसपछि इराकका खेलाडी मोहमद अब्दुल्जाराले ४० औं मिनेटमा बराबरी गोल गरेका थिए । अयमन हुसेनले तेस्रो,चौथो र दोस्रो हाफमा इराकले थप दुई गोल गरेको थियो । इराकका लागी अली अलसम्मारीले पांचौं र ७४ औं मिनेटमा सज्जदा जसमिले छैटौं गोल गरेका थिए ।

नेपालले आगामी साता कुवेतमा हुने फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटको तयारीका लागि इराकसंग मैत्रीपूर्ण खेल खेलेको हो।

एसिया र गल्फ क्षेत्रको फुटबल शक्ती इराक विश्वकप खेलिसकेको टिम हो। इराक फिफा वरीयतामा पनि नेपालभन्दा १०३ अंक माथि छ। इराक वरीयतामा ६८औं स्थानमा छ भने नेपाल १७१ औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस
Advertisement