स्वीजरल्याण्डले सहयोग गर्ने स्वास्थ्य सामाग्री शनिबार नेपाल आइपुग्ने


काठमाण्डु – उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भन क्यापिलरबीच आज संवाद भएको छ ।

स्वीजरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्वको लडाईंमा साथ दिँदै नेपाललाई अक्सिजन कन्सेन्ट्रेटर, पीपीई, मास्क र एन्टिजेन टेस्टिङ किट सहयोग गर्ने भएको छ ।

स्वास्थ्य सामाग्री बोकेको गुल्लिभ एयरको कार्गो चार्टर्ड जहाज शनिबार काठमाण्डु आइपुग्ने स्वीस राजदूत क्यापिलरले जानकारी दिइन् ।

उपप्रधानमन्त्री पोखरेलले नेपाल र नेपालीप्रति सद्भाव देखाएकोमा स्वीजरल्याण्ड सरकारलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement