युद्धग्रस्त इजरायलबाट आज विद्यार्थी ल्याइँदै


काठमाण्डु – युद्धग्रस्त इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज गएको छ।

नेपाल वायुसेवा निगमको ‘एननाइन एलवाइजेट’ कलसाइन रहेको वाइडबडी ए-३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको हाे ।

प्यालेस्टाइनी अतिबादी समुह हमासले गरेको आक्रमणपछि युद्धरत रहेको इजरायलवाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका हुन । आज इजरायलबाट नेपाली बिद्यार्थीसहित युद्धमा घाइतेहरुलाई नेपाल ल्याउँदैछ ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालीहरुलाई लिन गएको बिमान बेलुका ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । मन्त्रालयका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थीलाई नेपाल ल्याउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement