ज्याकलिनले २ गाउँका १५ सय बढी मानिसको जिम्मा लिइन्


एजेन्सी – बलिउडकी अभिनेत्री ज्याकलिन फर्नान्डेजले महाराष्ट्रका २ गाउँको १५ सय ५० मानिसको जिम्मा लिएकी छिन् ।

ज्याकलिनले आफ्नो जन्मदिनको अवसर पारेर महाराष्ट्रका पथार्डी र साकुर गाउँका १५ सय ५० मानिसको जिम्मा ३ बर्षका लागि जिम्मा लिएकी हुन् । आधारभुत आवश्यकताबाट बन्चित रहेका १५ सय बढी मानिसहरुका लागि ज्याकलिनले ३ वर्षसम्मका लागि खानेकुराको व्यवस्था गर्नेछिन् ।

भारतीय मिडियासँग कुरा गर्दै उनले गाउँका धेरै बच्चाहरु कुपोषणको शिकार भएको भन्दै बच्चाहरुका लागि पोषिलो खानाको व्यवस्था गर्ने बताएकी छिन् । यस्तै, उनले गाउँमा जनचेतनामुलक कार्यक्रम समेत संचालन गर्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement