जगदम्बा स्टिलको उत्पादन श्रीलंकामा निर्यात हुने


काठमाण्डु – जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देश, श्रीलंकामा स्वदेशी उत्पादनको निर्यात सुरू गरेको छ।

कम्पनीका अनुसार जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा सिट’हरूको लोकप्रियता तथा माग विदेशी बजारमा बढ्दो छ।

त्यस्तै, जगदम्बा स्टिलका उत्पादन, जगदम्बाका कलर कोटेड कोइल्स तथा शिटहरू दक्षिण पूर्वी, मध्य-पूर्वी एसियाली राष्ट्रहरूमा तथा दक्षिण अफ्रिकामा उच्च आपूर्ति मागसहित उपभोक्ताद्वारा परिक्षित तथा अनुमोदित छ।

‘उपभोक्ता सन्तुष्टिका लागि गुणस्तरको प्रतिबद्धता हाम्रो पहिलो प्राथमिकता हो। गुणस्तरको सुनिश्चिततार्थ अत्याधुनिक प्लान्टमार्फत निर्मित हाम्रा उत्पादनका गुणस्तरको लागि नेपाली उपाभोक्ताको साथ, सहयोग र मायाका लागि हामी सदैव कृतज्ञ छौं, यो मायाँले अझ विस्तारित रुप लिएको छ ।’ शंकर ग्रुपका अध्यक्ष शंकर लाल अग्रवालले भने, । नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रूपमा स्थापित हुन पाउदा हामी निकै गौरवान्वित छौं।’

तेस्रो देश निर्यात थालनीको सुअवसरमा बोल्दै अध्यक्ष  अग्रवालले भने । “यस संगै गुणस्तरको निरन्तर्ताका लागि प्रतिबद्धता जनाउँदै भविष्यमा अझ उत्कृष्ट उत्पादनहरु उपभोक्ता माझ पस्कँदै जान थप आत्मबल मिलेको आभाष भइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस
Advertisement