जेल परे पनि सांसद पद नजाने


काठमाडौं – आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा परे पनि संघीय संसद्का सदस्यको पद निलम्बन नहुने भएको छ। संघीय संसद्का दुवै सदनले नियमावलीमा यस्तो व्यवस्था गरेका हुन्।यो खबर नेपाल समाचारपत्र दैनिकबाट लिएका हौं।

तर अभियोग लागेका सांसदलाई सेवा, सुविधा र अधिकार प्रयोग गर्न नपाउने व्यवस्था गरिएको नियमावली मस्यौदा समितिका सदस्य राष्ट्रिय जनता पार्टी(राजपा) का सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए। यसअघि आपराधिक कार्य गर्ने सांसदलाई निलम्बन गर्ने व्यवस्था थियो।

राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सदस्य सुरेन्द्रराज पाण्डेले पनि आपराधिक गतिविधि भएको अभियोगमा पुर्पक्षका लागि थुनामा परे पनि सांसदको पद निलम्बन नहुने व्यवस्था रहेको बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement