जाजरकोटमा लागेको आगो नियन्त्रण गर्न वनमन्त्री आफै खटिए


जाजरकोट – वन तथा वातारण मन्त्री शक्तिबहादुर बस्नेत जाजरकोटमा अज्ञात समुहले लगाएको आगो नियन्त्रणमा लिन आफै घटनास्थलमै पुगेका छन् । वनमन्त्री वस्नेतसहित सुरक्षाकर्मी, वन रक्षक र प्रमुख जिल्ला अधिकारीको टोली आगलागी नियन्त्रण गर्न जुटेको हो ।

जाजरकोटको सदरमुकाम खलंगाको गैरीखालीमा अज्ञात समुहले लगाएको आगो नियन्त्रणमा लिन जिल्लाको सवै जनशक्ति परिचालन गरिएको छ । वन मन्त्री बस्नेत गृह जिल्ला जाजरकोट आएकै समयमा आगलागी हुँदा सयौँ रुख तथा चराचुरुगी नष्ट भएका छन् । मन्त्री वस्नेत आगलागी नियन्त्रणका लागी आफै फिल्डमा खटिएको जाजरकोटका पत्रकार हेमन्त केसीले वताए ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललित वस्नेतले वन तथा वातावरण मन्त्रीको निर्देशन एवं प्रभावकारी समन्वय र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकार एवं स्थानीय वासिन्दाहरूकाे अथक प्रयासले खलंगा तर्फकाे वस्तीतर्फ विस्तार हुनबाट राेक्न सफल भएको जानकारी दिए । उनले आगगलागी उत्तर पूर्वतर्फ जंगलमा विस्तार हुँदै गइरहेकाेले त्यसलाइ पूर्ण रूपमा नियन्त्रणमा लिने प्रयास स्वरूप नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतकाे टाेलि विहानैदेखि परिचालन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement