जाजरकोटमा तीन सातादेखि भाइरल ज्वरोः मृतकको संख्या १४ पुग्यो


जाजरकोट– जाजरकोटमा तीन सातादेखिको भाइरल ज्वरो अझै नियन्त्रणमा आउन सकेको छैन।

 

जुनीचाँदे गाउँपालिकामा फैलिएको भाइरल ज्वरोबाट तीन सातामा १४ जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन्।

 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म मृत्यु हुनेमा पाँच वर्ष मुनिका ७ बालबालिका र ७ जना ५० वर्ष माथिका रहेका छन् ।

 

मंगलबार मात्र जुनीचाँदे गाउँपालिका–३ रावलगाउँका लालबहादुर भण्डारीको ज्वरो र पखालाका कारण ज्यान गएको भाइरल प्रभावित क्षेत्रमा उपचारमा खटिएका डा. पवन शाक्यले जानकारी दिए। जुनीचाँदे –५, टिप्ककी कालु तिरुवाको उपचार अभावमा मृत्यु भएको छ।

 

 

जुनीचाँदेको वडा नम्वर २ मजकोटबाट सुरु भएको भाइरलको प्रकोप केही समयपछि वडा नम्बर १ र ३ मा फैलिएको थियो। भाइरल वडा नम्बर ४ कोर्ताङ्ग, वडा नम्बर ५ गर्खाकोट र वडा नम्बर १० मा पनि फैलिएको छ।

 

गत शनिबारदेखि उपचारका लागि शिविर सञ्चालनमा ल्याइएको छ। तर अझै रुघाखोकी र ज्वरोका बिरामी बढिरहेको उपचारमा संलग्न डा. शाक्यले बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement