चिकित्सा शास्त्र अध्ययन संस्थानमा जाखिर खुल्यो


काठमाण्डु – त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै आइओएमले करार सेवाका लागि कर्मचारी माग गरेको हो ।

रिसर्च अफिसर, बायोस्टाटिसियन र अकाउन्टेन पदका लागि कर्मचारी आवश्यकता परेको सूचनामा उल्लेख छ । तोकिएबमोजिमको योग्यता पुगेका र ४० वर्ष ननाघेका इच्छुक नेपाली नागरिकले मसिंर ९ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement