जलविद्युत क्षेत्रको विकास गर्न युग सुहाउँदो नीति बनाउने मन्त्री पुनको घोषणा


काठमाडौं- उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जलविद्युत क्षेत्रको विकासका लागि युग सुहाउँदो नीति बनाउने घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोेजित ‘आर्थिक समृद्धिका लागि जलविद्युत’ विषयक अन्तरक्रिया उनले राष्ट्रको समृद्धि र जनताको उन्नति नै सरकारको एक मात्रै लक्ष्य रहेकाले जलविद्युत क्षेत्रको विकासका लागि युग सुहाउँदो नीति बनाउने घोषणा गरेका हुन् ।

उनले भने,’  जलविद्युत क्षेत्रको विकासले नै राष्ट्रको  समृदि हुने भएकाले युग सुहाउँदो नीति बनाउँछौं । ‘

उनले सरकारले जलविद्युत क्षेत्रको बहुउपयोग गर्न विशेष कार्यक्रम नै ल्याउने स्पस्ट पार्दै सरकारले परिणाम दिने गरी काम गर्ने बताए ।

मन्त्री पुनले जलस्रोतलाई मुलुकको समृद्धिको मूल आधार बनाउने प्रतिवद्धता पनि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement