बाढीले क्षति पुर्‍याएका जलस्रोत संरचना निर्माणका लागी २ अर्ब आवश्यक


काठमाडौं – यस वर्षको बाढीबाट क्षति भएका ठूला प्रकृतिका सिंचाई आयोजनाको तत्कालिन मर्मत तथा निर्माणका लागि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले ३८ करोड २२ लाख लाग्ने जनाएको छ ।

बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उर्जा तथा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले क्षतिग्रस्त आयोजनाको दीर्घकालीन कार्यको लागि भनि २ अर्ब ११ करोड २२ लाख लाग्ने देखिएको बताए ।

गत असार २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाका कारण तराईका रतुवा, मावा, कमल, कन्काई, बागमती, लालवकैया, कमला, कर्णाली, बबई लगायतका नदीहरुमा आएको बाढीका कारण ठूला प्रकृतिका सिंचाई आयोजनाहरुको हेडवक्र्स, मूलनहर र विभिन्न संरचनाहरुमा ठूलो क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

बागमति नदीबाट विभिन्न स्थानमा भएका कटान डुबान नियन्त्रणका लागि बागमति तथा लालवकैया नदी नियन्त्रण आयोजना कार्यालयबाट तत्काल ४० हजार बोरा तथा २५० थान नाइलन जाली क्षतिग्रस्त स्थानहरुमा उपलब्ध गराउने कार्य भएको मन्त्रालयले जनाएको छ । पत्रकार सम्मेलनमा मन्त्री पुनले तीनै तहका सरकारले नदी जोखिम न्यूनिकरणका लागि समन्वय गरेर काम गनुर््पर्ने बताए । उनले राजमार्गको अवस्थालाई सुधार गर्न एकीकृत योजना आवश्यक रहेको बताए ।

यसैबीच मन्त्री पुनले भारतीय विदेशमन्त्री एस जयशंकर आउँदा तराईका भारतसँगको सीमावर्ती क्षेत्रमा भारतले गरेका संरचना निर्माणबारे कुरा गर्ने बताएका छन्। सीमावर्ती क्षेत्रमा भारततर्फ निर्माण गरेका संरचनाहरु पनि बढी क्षति भएकोले यसबारे कुरा गर्ने मन्त्री पुनको भनाइ छ। यससम्बन्धी कुरा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राख्ने मन्त्री पुनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement