भारतबाट घर फर्किएकाहरुसँग पैसा असुल्ने जमुनाह नाकाका १७ प्रहरी फेरिए


काठमाण्डु – भारतबाट घर फर्किएकाहरुसँग रकम असुलेको गुनासो आएपछि इलाका प्रहरी कार्यालय जमुनाह नाकाका १७ प्रहरी फेरिएका छन् ।

भारतमा मजदूरी गरेर फर्किनेहरुबाट पैसा उठाएको गुनासो आएपछि एसपी श्यामकृष्ण अधिकारी र डीएसपी मधुसुदन न्यौपानेले जमुनाह नाकाका १७ जना प्रहरी परिवर्तन गरेका हुन् ।

दसैं मान्न स्वदेश फर्किने नेपालीबाट ५० सय रुपैयाँ असुल्ने गरेको गुनासो आएपछि एसपी अधिकारी र डीएसपी न्यौपाने भेस बदलेर नाकामा पुगेका थिए । ड्यूटीमा रहेका प्रहरीको काम चित्तबुझ्दो नपाएपछि डीएसपी न्यौपानेले उनीहरुलाई त्यहाँबाट हटाएका हुन् ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाका मानिसहरु भारतमा मौसमी कामका लागि मजदूरीमा जाने गर्दछन् । अहिले उनीहरु नेपालीको महान चाड दशै मान्न घर फर्किरहेका छन् । नेपालगञ्ज नाकाबाट अहिले दैनिक एक हजार बढी मानिस घर फर्किरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement