काठमाण्डु– गाईको सट्टा एक सिंगे गैंडालाई राष्ट्रिय जनावरमा राख्न प्रस्ताव गरिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का राजनीतिक सल्लाहकार अशिम साह नेतृत्वको संविधान संशोधन कार्यदललाई आदिवासी
जनजाति आयोगले गाई हटाएर गैंडालाई राष्ट्रिय जनावरमा सूचीकृत गर्न सुझाव दिएको हो ।
आयोगले सरकारलाई दिएको २५ बुँदे सुझावमा राष्ट्रिय जनावर परिवर्तन गर्न भनिएको छ ।
गाई मुस्लिम र किँरात, राईलगायत सबै धार्मिक तथा सांस्कृतिक समूहको साझा हुन नसक्ने तर्क आयोगको छ ।
यस्तै आयोगले प्रदेशमा सरकारी कामकाजमा प्रयोग हुने राष्ट्रिय भाषामा राष्ट्रिय गान गाउने व्यवस्था मिलानुपर्ने भनेको छ ।
नेपालका सबै आदिवासी जनजातिले बोल्ने भाषालाई सरकारी कामकाजको भाषाका रुपमा संविधानमै स्वीकार गरिनुपर्ने रायसमेत दिएको छ ।




प्रतिक्रिया