प्रदेशको नाम मिथिला-भोजपुरा नराखेको भन्दै जनकपुरमा प्रदर्शन


काठमाण्डु- प्रदेश २ को नाम ‘मधेश प्रदेश’ राखेको विरोधमा जनकपुरमा एक समूहले प्रदर्शन गरेको छ । मंगलबार जनकपुरधामको जानकी चोकमा आन्दोलनमा उत्रिएको उक्त समुहले प्रदेश सांसदहरुको पुतला दहन समेत गरेको छ ।

प्रदर्शनकारीहरुले प्रदेशको नाम मिथिला-भोजपुरा नराखेर पहिचान र साँस्कृतिकमाथि प्रहार गरेको आरोपसमेत लगाएका छन् । यता पर्साको वीरगंजमा एक समूहले मधेश प्रदेशको राजधानी वीरगंज नबनाएको भन्दै मुख्यमन्त्री लालबाबु राउतको विरोध गर्दै पुतला दहन गरेको छ ।

प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश २ ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको थियो । प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको हो । जुन दुई तिहाइ बहुमत हो । १०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement