जनकपुरमा चीन विरोधी जनसभा, सरकार र स्थानीय प्रशासन मौंन


जनकपुर-  मधेश प्रदेशमा फेरि चीनविरोधी जनसभा भएको छ । राष्ट्रिय एकता अभियानको आयोजनामा जनकपुरधामस्थित जानकारी मन्दिरको प्रांगणमा आइतबार उक्त जनसभा आयोजना गरिएको हो । अभियानका अध्यक्ष विनय यादवले सभामा बोल्दै नेपालमा चिनियां विस्तारबाद बढेको आरोप लगाए । उनले चीनको कारण नेपालमा सुरक्षा खतरा बढेको दावी समेत गरे । यादवले मुस्लिम जिहादी बढेको समेत बताए ।

संघीयता,गणतन्त्र र हिन्दु राष्ट्रको पक्षधर उक्त अभियानले यसअघि पनि चीनको विरोधमा विभिन्न कार्यक्रमहरु गर्दै आएको थियो । अभियानका अध्यक्ष यादवको नेतृत्वमा गत महिना विरगंजमा चिनियां राष्ट्रपति सी जिनफिङको पुत्ला दहन गरिएको थियो । उनी लामो समयदेखी चीन विरोधी गतिविधिमा संलग्न रहेको रिपोर्ट राष्ट्रिय अनुसन्धान विभागले सरकारलाई बुझाइसकेको स्रोत बताउंछ ।

जनकपुरमा यादवकै नेतृत्वमा मदरसा विधेयक र चिनियँ विस्तारवादको विरोध गर्दै नेपालस्थित चिनियां राजदूत होउ यान्छी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फोटोमा रातो चिन्ह लगाएर बहिष्कार गरिएको देखाइएको छ ।

यादवले २ नम्बर प्रदेशका मुख्यमन्त्री राउतलाई पाकिस्तानी गुप्तचर संस्था आईएसआईको एजेन्ट भएको आरोप लगाउंदै मधेशमा तालिवानी अतिवादीहरुको घुसपैठ भएको दावी समेत गरेका छन् । उनले राउतलाई जसपा अध्यक्ष जनसभा कार्यक्रम मनीष हिन्दूको अध्यक्षतामा सम्पन्न भएको थियो । जनसभामा अभियानका केन्द्रिय उपाध्यक्ष सुनीता साह, वरिष्ठ नेता कासिंन्द्र यादव, सिराहा संयोजक हेमंत सिंह, मोरङ संयोजक जितेन्द्र यादव, धनुषा सदस्य सुनील दास, रवि साह र राकेश साह लगायतको सहभागिता थियो ।

उक्त अभियानले मधेश र काठमाण्डुमा चीन विरोधी गतिविधि गर्दै आएको छ । काठमाण्डुस्थित चिनियां दूतावासले यसबारेमा परराष्ट्रमन्त्रालयको ध्यानआकर्षण गर्दै लिखित पत्र समेत बुझाइसकेको स्रोतको दावी छ । नेपालले जहिले पनि एक चीन नीतिप्रति प्रतिवद्ध रहेको भन्दै प्रतिवद्धता जनाउंदै आएको छ ।

तर, पछिल्लो समय दुई देशको सम्बन्धलाई आंच पुग्ने गरी यो अभियानले विभिन्न विरोधका कार्यक्रमहरु गर्दै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार र गृहमन्त्रालयले भने यसमा गम्भिर देखिएको छैन । चीनले यस्ता गतिविधि नरोक्ने हो भने दुई देशको सम्बन्ध बिग्रन सक्ने सन्देश दिएको परराष्ट्र स्रोत बताउंछ ।

को हुन विनय यादव ?

राष्ट्रिय एकता अभियानको अध्यक्ष रहेका यादव आफुलाई हिन्दुवादी नेता दावी गर्छन । उनको समुहले गत वर्षको असारमा चीनले मिचेको नेपाली भूमि फिर्ताको माग गर्दै जनकपुर र काठमाण्डुमा प्रर्दशन समेत गरेको थियो । यादवले चीनले रुई गाउं मिचेको दावी गर्दै नेपालको नक्सामा समावेश गरी नयां नक्सा प्रकाशित गर्न माग समेत गरेका थिए ।

बारा जिल्लाको परवानीपुर गाउंपालिका वडानम्बर ३ लिपनीमाल घर भएका यादवको भारतिय हिन्दुवादी संघ संस्थाहरुसंग सुमधुर सम्बन्ध छ । यादवले २०७० सालको निर्वाचनमा हिन्दु स्वंयम सेवक संघद्धारा खोलिएको जनता पार्टी नेपालमा आवद्ध भइ समानुपातिकतर्फ समेत उम्मेदवारी दिएका थिए ।

यादवमाथि गान्धि यादवको जग्गा बैंकमा राखी ऋण लिएको र उक्त रकम नतिरेर हिनामिना गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement