जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु,सरकारमा सहभागी हुने मुख्य एजेण्डा


काठमाण्डु – जनमत पार्टीको केन्द्रीय समिति बैठक काठमाडौंमा सुरु भएको छ ।

बिहीवार काठमाडौंमा केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रिय कार्यकारिणी समितिको बैठकमा एकैपटक बसेको हो ।

बैठकमा सरकारमा सहभागी हुनेकुरा मुख्य एजेण्डा रहेको छ । बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सरकारमा सहभागी हुने एजेण्डासहित बैठक बस्न लागेको बताए । उनले संगठन सुदृढीकरण अभियानलाई प्रभावकारी बनाउने विषय रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement