जनार्दन शर्मा भन्छन् -नेकपामाथिको प्रतिबन्ध समस्याको समधान होइन


काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विप्लव नेतृत्वको नेकपमाथिको प्रतिबन्ध समस्याको समधान नभएको बताएका छन्।

उनले विद्रोही नेकपाले बम पड्काउनु पनि समस्याको समधान झनै नभएको बताए। सरकारले विद्रोही नेकपालाई गतिविधि गर्न प्रतिबन्ध लगाएपछि उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रतिबन्ध र बम पड्काउनु दुवै समस्याको समधान नभएको दावी गरे।

उनले संविधानभित्रै रहेर मत, जनमत र अभिमतमार्फत समस्याको समधान गर्न समेत आग्रह गरेका छन्। ‘प्रतिबन्ध समाधान होइन, बम पडकाउनु त झन हुँदै होइन चाहिएको हो समाधान, संविधान भित्रै मत, जनमत र अभिमत मार्फत खोजौ आ–आफना समाधान’, फेसबुकमा उनले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement