नेपालका २३ अस्पताललाई जापानको सहयोग


काठमाण्डु – नेपालका २३ अस्पताललाई जापानले पोर्टेबल अल्ट्रासाउन्ड इमेज डायग्नोस्टिक सिस्टम हस्तान्तरण गरेको छ ।

कार्यक्रममा जापानी राजदूत किकुता युताकाले जापानी सहयोगबाट कोरोनाका संक्रमितलाई उपचार गर्न सहज हुने विश्वास व्यक्त गरे । उनले अन्ट्रासाउन्ट डायग्नोस्टिक सिस्टम प्रयोग गर्न पनि सहज भएको बताए ।

जापानले आउँदो महिनामा एक सय ६० अक्सिजन कन्सन्ट्रेटर र ६ एम्बुलेन्स अनुदानमा दिने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement