आणविक बम खसेको हिरोसिमा सहरको संग्रहालयमा प्रचण्ड


काठमाण्डु- जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसालिएको हिरोसिमा सहरस्थित संग्रहालय अवलोकन गरेका छन् ।

शनिबार जापान पुगेका अध्यक्ष प्रचण्डले आइतबार बिहानै दोस्रो विश्वयुद्धको क्रममा अमेरिकाले परमाणु बम खसालेको जापानी सहर हिरोसिमामा रहेको संग्रहालयको अवलोकन गरेका हुन् । त्यसक्रममा भ्रमण टोलीका अन्य सदस्यहरु पनि सहभागी थिए ।

हिजाे नै अध्यक्ष प्रचण्डले जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिभल, २०२२ को उद्घाटन गरिसकेका छन् । अब उनी नेपाली जनप्रगतिशील मञ्चको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने कार्यक्रम पनि छ । अध्यक्ष प्रचण्ड साउन २५ गते स्वदेश फिर्ता हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement