जापानी अर्बपतिलाई चन्द्रमामा जाने प्रेमिका मिल्यो


टोकियो– जापानका एक अर्बपतिलाई चन्द्रमामा साथै लैजानका लागि एक प्रेमिकाको खोजी थियो । यसका लागि युसाकु मेइजावाले अनलाई विज्ञापन पनि लन्च गरेका थिए ।

यसमा भनिएको थियो कि युसाकुसँग स्पेसएक्स रकेटबाट चन्द्रमाको उडानमा जानका लागि एक प्रेमिकाको खोजी भइरहेको छ । युसाकुले हालै मात्र एक जापानी अभिनेत्रीसँग आफ्नो ब्रेक–अपको घोषणा गरेका छन् ।

युसाकुको प्रेमिका बन्नका लागि तथा चन्द्रमामा जाने आफ्नो सपना पुरा गर्नका लागि २०२० को जनवरी १७ सम्मको समय सीमा दिइएको थियो । जति महिलाले आवेदन गरेका थिए, उनीहरु मध्ये छानिएकि महिलासँग उनी मार्चको अन्त्यसम्मा डेटिङमा जानेछन ।

विज्ञापनमा उनले भनेका थिए, ‘उनले २० वर्ष वा सो भन्दा माथिको उमेरको एकल महिलाको आवेदन स्वीकार गर्नेछन्, जो पुरै रुपमा जिन्दगीको आनन्द लिन चाहन्छिन् ।’ यो लामो म्याचमेकिङ अभ्यासलाई वेब स्ट्रिमिङ सेवाका लागि टिभी शोमा परिवर्तन गरिदैछ । आफू मध्यम आयुको एक्लोपनाका कारण यो बिचारलाई तयार गरेको अर्बपति युसाकुले बताएका छन् ।

उनले भने, ‘मैले आजसम्म यस्तो जिन्दगी बाचेको छु, जस्तो मैले चाहेको छु ।’ उनको दुई श्रीमतीबाट तीन बच्चा जन्मिसकेका छन् ।

युसाकु हाल ४४ वर्षको भएका छन् । विज्ञापनमा उनले भने, ‘एक्लोपना र खालिपनाको भावना विस्तारै–विस्तारै ममा हावी भएको छ । तर म एक विषयको बारेमा सोच्छु र यो भनेको म लगातर कुनै महिलासँग माया गर्नु हो ।’ युसाकुले आफ्नो ट्वीटरमा लेखेका छन्,‘चन्द्रमा जाने पहिलो महिला किन हुनु हुदैन ?’

उनी अनलाईन फेसन कम्पनीका प्रमुख हुन् । जसलाई याहु जापानले गत वर्ष बिक्री गरेको थियो । उनी महँगा कलाकृति किन्ने मामिलाका पनि शोखिन हुन् ।

उनी निजी यात्रीको रुपमा उद्यमि एलन मस्कको स्पेस एक्स रकेटबाट २०२३ वा पछि चन्द्रमाको यात्रामा जानेछन् । युसाकुले आफूसँग करिब आधा दर्जन कलाकारलाई पनि यो यात्रामा लैजानेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement