जापानी राजकुमारीले शाही पदवी त्याग्दै प्रेमीसँग गरिन् बिहे


काठमाण्डु – जापानकी राजकुमारी माकोले प्रेमी केई कोमुरोसँग विवाह गरेकी छिन् । राजकुमारी माकोले मंगलबार शाही पदवी त्याग्दै कलेजका साथी तथा प्रेमी कोमुरोसँग विवाह गरेकी हुन् । कोमुरो र माकोले कलेजमा सँगै पढेका थिए ।

स्थानीय समयअनुसार मंगलबार बिहान १० बजे उनीहरूले विवाह दर्ताको फर्म बुझाएका थिए । विवाहपछि माको पनि न्युयोर्क सर्ने बताइएको छ । कोमुरो अमेरिकामा वकिल हुन् । जापानको राजपरिवारको नियमानुसार सामानय नागरिकसँग विवाह गरेमा शाही पदवी छाड्नुपर्नेछ ।

राजकुमारी माको जापानका तत्कालीन शासक अकिहितोकी नातिनी हुन् । उनले २०१७ मा कुमारोसँग इंगेजमेन्ट गरेको घोषणा गरेकी थिइन् । तर पछिल्लो वर्ष उनीहरुले विवाह ढिला हुने प्रतिक्रिया दिएका थिए ।

उनीहरुले भविष्यको योजना तयारी गर्न आफूहरुलाई केही समय लाग्ने भन्दै छिट्टै विवाह गर्नेबारे पुनर्विचार गरेको बताएका थिए । उनीहरूबीच सन् २०१२ मा टोक्योस्थित इन्टरनेसनल क्रिस्चियन युनिभर्सिटीमा भेट भएको थियो । राजकुमारी माकोले शाही रीतिरिवाजलाई छाड्दै सामान्य रूपमा विवाह गरेकी हुन् । साथै परिवार छाड्दा आउने रकम लिन पनि उनले अस्वीकार गरिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement