जर्मनीद्धारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण


काठमाण्डु – जर्मनी सरकारले नेपाललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । जर्मनी सरकारले कोरोना महामारी नियन्त्रणमा सहयोगस्वरुप १ सय १२ थान भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड स्याफरले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती स्वास्थ्य सामाग्री स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेका हुन् ।

जर्मनी राजदूतले स्वास्थ्यमन्त्रीलाई भेन्टिलेटरसहित ५ वटा आइसोलेसन टेन्ट, २० लाख ६८ हजार ५ सय केएन ९५ मास्क, ४ सय गमबुट, २९ हजार पल्स अक्सिमिटर, ३ करोड ३० लाख सर्जिकल मास्क र २५ हजार लिटर ह्याण्ड स्यानिटाइजर हस्तान्तरण गरेका हुन् ।

युरोपेली संघको बृहत ईयू सोलिडारिटी प्याकेजअन्तर्गत आएका ती स्वास्थ्य सामाग्री टर्किस एयरलाइन्सबाट नेपाल ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement