काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालले अर्काे महिना बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको छ ।
बैठक फागुन १९, २०, २१ गते काठमाण्डुमा बस्ने गरी परिपत्र पठाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
जसपा नेपालले केन्द्रीय निर्वाचन आयोगले प्रस्तुत गरेको निर्वाचन सम्बन्धी कार्यविधिलाई अनुमोदन गरेको छ । माघ १९, २०, २१ गते बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले कार्यविधि अनुमोदन गरेको छ ।
सोमबार सकिएको बैठकले सरकारले संसद्मा प्रस्तुत गरेको अध्यादेशबारे विश्लेषण गरी पार्टीको धारणा बनाउन सुझाव दिने उद्देश्यले राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएको छ ।
कार्यदलमा मृगेन्द्रकुमार सिंह यादव, खालिद सिद्धिकी, मनीषकुमार सुमन, शैलेन्द्रप्रसाद साह सदस्य छन् ।
प्रतिक्रिया