सभामुखमा एमालेका घिमिरेलाई मतदान गर्ने जसपाको निर्णय

सभामुखमा एमालेका घिमिरेलाई मतदान गर्ने जसपाको निर्णय


काठमाण्डु- जनता समाजवादी पार्टी नेपालले आज हुने सभामुखको निर्वाचनमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्ने निर्णय गरेको छ ।

आज बसेको जसपाको संसदीय दलको बैठकले एमालेका घिमिरेलाई मत दिने निर्णय गरेको हो । देवराज घिमिरे सत्ता साझेदार दलका साझा उम्मेदवार हुन् ।  जसपा सत्ता गठबन्धनसँग पछिल्लो समय रुष्ट बनेको छ ।

त्यसकारण सभामुखमा जसपाले नेपाली कांग्रेसलाई समर्थन गर्ने आँकलन गरिएको थियो । तर, जसपाले सत्ता गठबन्धनलाई नै समर्थन गर्ने निर्णय गरेको छ ।