जसपाको विधान मस्यौदा : प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद


काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा)ले चुनावमा अन्तर्घात गरेको आरोपमा ५ जना केन्द्रीय सदस्यलाई पार्टीबाट कारबाही गरेको छ । शनिबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यहरु दीपेन्द्र नेम्बाङ, देउकुमार नेम्बाङ, महेन्द्र चौधरी, मनोेरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्कासन गरेको हो ।

बैठकले पार्टीको विधान मस्यौदा अनुमोदन गरेको छ । उक्त अनुमोदित विधानको मस्यौदा भोलिदेखि सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने पार्टी प्रचार विभागले जनाएको छ ।

पार्टी राज्यको शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिएको छ । जसपाको नयाँ विधानमा राज्यको शासकीय स्वरूपमा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूणर् समानुपातिक प्रतिनिधित्व भएको संसदको परिकल्पना गरिएको छ ।

यस्तै जसपाले लोकतन्त्र, सामाजिक न्याय र समाजवादको आदर्श एवं सिद्धान्त अनुरूप बहुलबादमा आधारित बहुदलीय प्रतिर्स्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको माध्यमबाट जनताको नागरिक र राजनीतिक अधिकार, आर्थिक , सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूति गराउने, स्वतन्त्रता एवं न्यायमा आधारित सामाजिक व्यवस्था निर्माण गर्ने उद्देश्य लिएको छ ।

त्यस्तै, सशस्त्र जनयुद्ध, जनआन्दोलन र मधेस जनविद्रोह जस्ता राजनीतिक संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षार्थ गठीत पार्टी सम्बद्ध समाजवादी मोर्चालाई पार्टीको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement