काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय समिति बैठकले संघीय परिषद् भेला गर्ने निर्णय गरेको छ ।
आईतबार वीरगञ्जमा सम्पन्न बैठकले परिषद् भेला गर्नेसहित ४ वटा निर्णय गरेको महासचिव मोहम्मद इस्तियाकर राईले जानकारी दिए ।
परिषद् बैठकअघि सातै प्रदेशहरूको गठन पुनर्गठन पनि गरिसक्ने पार्टीले जनाएको छ । ‘हाम्रो पार्टीको संघीय परिषद् भेला आगामी चैत महिनामा काठमाण्डुमा गर्ने निर्णय भएको छ । मिति र स्थान पछि तय हुन्छ,’ बैठकपछि राईले भने, ‘त्यसबाहेक बैठकले राजनीतिक प्रतिवेदन, प्रतिवेदन सुझावसहित पारित गरेको छ ।’
संविधान संशोधन, कार्यगत एकता लगायतका विषयमा पनि बैठकमा छलफल भएको नेता राईले बताए ।
प्रतिक्रिया