बाबुरामको गृहनगर पालुङटारमा जसपाको अग्रता
काठमाण्डु – गोरखाको पालुङटार नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) अग्रता कायम गरेको छ ।
जसपा र नेकपा एमालेले चुनावी तालमेल गरेका थिए । जसपाका मेयर उम्मेदवारले अहिलेसम्म २५५ मत ल्याएका छन् । यहाँ नेपाली काँग्रेसका मेयर उम्मेदवारले १९१ र नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवारले १६४ मत ल्याएका छन् ।
उपमेयरमा काँग्रेसका उम्मेदवारले १८८ र नेकपा माओवादी केन्द्रका उम्मेदवारले १६९ तथा नेकपा एमालेको उम्मेदवारले ६२ मत ल्याएका छन्। पालुङटार जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृहनगर हो ।