जसपामा बहुमत सांसदले गरे ठाकुरको पक्षमा हस्ताक्षर,कार्यकारिणीमा पनि बहुमत जुटाउने तयारी


काठमाण्डु– जनता समाजवादी पार्टीभित्र बहुमत सांसद अध्यक्ष महन्थ ठाकुरको पक्षमा उभिएका छन् । जसपा स्रोतले दिएको जानकारीअनुसार ठाकुरको पक्षमा १९ जनाले सांसदले हस्ताक्षर गरिसकेका छन् ।

ठाकुरको पक्षमा पुर्व समाजवादी सांसदहरु बिमल प्रसाद श्रीवास्तव, उमाशकर अगररिया र रूही नाजले हस्ताक्षर गरिसकेका छन् भने अरु चार जनाले सहयोग गर्ने बचन दिएका छन् । उनिहरुसंग अहिले वार्ता अन्तिम चरणमा पुगेको ठाकुर निकट स्रोतले जानकारी दियो ।

जसपाका ३४ जना सांसदमध्ये २ जना निलम्बनमा छन् । बांकी रहेका ३२ मध्ये दुवै पक्षमा १६\१६ सांसद थिए । ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा भने पूर्वराजपाका २६ र पूर्वसमाजवादीका २५ सदस्य छन ।

पुर्व समाजवादीका प्रभावशाली नेताहरु इस्तियाक राई,रेणु यादव र प्रदिप यादवसंग पनि अहिले ठाकुर पक्षको छलफल जारी छ ।जसपाभित्र पुर्व समावादी र राजपाको शक्ति संघर्ष अहिले उत्कर्षमा पुगेको छ ।अध्यक्षहरु महन्थ ठाकुर र उपेन्द्र यादव दुवै फरक फरक कित्तामा उभिएका छन् ।

जसपाका अध्यक्ष यादवले ठाकुर पक्षको सहभागिता बिना बहुमत सांसद र केन्द्रिय कार्यकारिणी समितिको बैठकको निर्णय भन्दै लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्नका लागी सिफारीस गरेपछि जसपाभित्र बिबाद उत्कर्षमा पुगेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्ने या नगर्ने बिवाद बढेपछि जसपा विभाजनको अवस्थामा पुगेको विश्लेषण समेत हुन थालेको छ ।

ठाकुरले सोमबारदेखी नै राजपाको केन्द्रिय कार्यालयमा बोलाएर सांसदहरुको हस्ताक्षर सुरु गरिसकेका छन् । ठाकुर पक्षले संसदिय दल र केन्द्रिय कार्यकारिणी दुवैमा बहुमत जुटाउने सम्भावना बढेको छ ।

राजपाबाट यादवतिर लागेका नेता महेन्द्र यादवको समुहलाई फर्काउने अन्तिम कोशिस भइरहेको छ । उनको समुहमा सांसद एक जना मात्र भएपनि कार्यकारिणीमा भने रमेश यादव र गजाधर यादव छन् ।

जसपामा ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा छ भने यादव पक्ष माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग निकट छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement