निर्वाचनमा पराजित भएपछि जीवन श्रेष्ठले दिए कार्यालय सचिवबाट राजीनामा

निर्वाचनमा पराजित भएपछि जीवन श्रेष्ठले दिए कार्यालय सचिवबाट राजीनामा


काठमाण्डु-नेकपा (एकीकृत समाजवादी)को पदाधिकारी निर्वाचनमा उपमहासचिव पदमा पराजित भएपछि जीवनराम श्रेष्ठले पार्टीको कार्यालय सचिवको जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

उनले २०८० असोज २४ गते कार्यालय सचिवको जिम्मेवारी पाएका थिए । असारमा भएको महाधिवेशनपछि चुनिएको ९३ सदस्यीय केन्द्रीय कमिटीले उनलाई नै कार्यालय सचिवको जिम्मेवारी तोकेको थियो ।

उपमहासचिव पदमा पराजित भएपछि आफूले नैतिकताका आधारमा राजीनामा दिएको उनले बताएका छन् ।

महाधिवेशनमा विवेकभन्दा पनि नेतृत्वको आदेश प्रयोग हुँदा आफू पराजित भएको उनको भनाइ छ ।