जेनिफरले राखिन गिनिज बुकमा इन्स्टाग्राम रेकर्ड


एजेन्सी – लामो समयदेखि सामाजिक सञ्जालदेखि टाढिएकी हलिउड अभिनेत्री जेनिफर एनिस्टनले गिनिज बुकमा इन्स्टाग्राम रेकर्ड राखेकी छन् ।

जेनिफरले इन्स्टाग्राममा बुधबार पहिलो पोस्ट गरेकी थिइन् । उक्त पोष्ट पाँच घण्टा १६ मिनेटमा १० लाख फलोअर्सले पछ्याएपछि गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गर्न सफल भएको हो । जेनिफरको पहिलो पोस्टमा उनका अरू साथीहरूलाई पनि देख्न सकिन्छ । यसमा लिजा कुद्रो, कार्टनी कान्क्स, मैट लेब्लान्के, मैथ्यु पेरी र डेबिट स्किब्मर छन् ।

जेनिफरले अर्को सन्देश पोस्ट गरेकी छन्, जसमा उनको सिरिज ‘दी मर्निङ सो’को एक दृश्य रहेको छ । यसमा उनी फ्रस्टेसनमा आएर आफ्नो फोन फ्याँक्दै गरेको देखिएकी छन् । अहिले उनका फलोअर्स एक करोड १८ लाखभन्दा बढी पुगिसकेका छन् । उनको पेजमा अत्यधिक फलोअर्स भएपछि केही समय एकाउन्ट नचल्ने भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement