झलनाथ खनालको सचिवालयले भन्योः एमसीसी संसदबाट पास हुन्छ भनेर कहीँकतै भनेको छैन


काठमाण्डु – नेकपाका नेता झलनाथ खनालको सचिवालयले ‘मिलिनियम च्यालेन्ज करर्पोरेशन (एमसीसी) संसदबाट पास हुन्छ’ भन्ने केही सञ्चारमाध्यममा प्रकाशित समाचारबारे खण्डन गरेको छ ।

शनिबार नेता खनालका स्वकिय सचिव कृष्ण भट्टराईले एक विज्ञप्ति जारी गर्दै खनालले एमसीसी संसदबाट पास हुन्छ भनेर कहीँकतै नभनेको बताएका हुन् ।

सचिवालयले एमसीसी कार्यदलले बुझाएको प्रतिवेदनअनुरूप खनाल परिमार्जन, संशोधनसहित पारित हुनुपर्छ भन्ने अडानमा रहेको स्पष्ट पारेको छ ।

‘केही अनलाइन तथा छापाहरूमा संसदबाट मिलेनियम च्यालेन्ज कम्प्याम्ट अर्थात् एमसीसी पास हुन्छ भन्ने शीर्षक राखी समाचार समप्रेषण गरिएप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ भट्टराईद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘उहाँको अडानलाई विचलित तुल्याउने गरी गरिएको यसप्रकारको हल्ला भ्रामक, कपोकल्पित दुरासयपूर्ण, निराधार पूर्णतः अफवाहमा आधारित छ,’ उनले भनेका छन् ।

अहिलेको संसद् पुनर्स्थापनासँग साइनो पनि नगाँसिएको एमसीसी पास हुन्छ भनेर भ्रम नफिँजाउन सचिवालले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement