एमाले नेता खनालको अवस्था सुधारोन्मुख, अक्सिजनमा राखेर उपचार जारी


काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार भइरहेको नर्भिक इन्टरनेशनल अस्पतालले जनाएको छ ।

मंगलबार अस्पतालले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमित पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालको स्वास्थ्य अवस्था सुधार भइरहेको जानकारी दिएको छ ।

नेता खनाललाई अक्सिजनमा राखेर उपचार जारी राखिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement