झलनाथको दस्तावेज: पार्टीले स्वतन्त्र पहिचान बनाउन नसकेपछि कार्यकर्ता एमालेमा जान थाले


काठमाण्डु- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेबाट विद्रोह गरेर बनेको पार्टीले स्वतन्त्र पहिचान बनाउन असफल भएको बताएका छन् भन्दै माओवादी केन्द्रको पिछलग्गु बनेकोमा आक्रोश व्यक्त गरेका छन् ।

शनिबारबाट सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा १६ पेज लामो लिखित ‘वर्तमान परिस्थिति र हामीले ध्यान दिनुपर्ने ज्वलन्त विषयहरू’ दस्ताबेज पेस गर्दै नेता खनालले नेकपा एस स्वतन्त्र पहिचान बनाउन असफल भएका बताएका हुन् । उनले नेकपा एसबाट कार्यकर्ता निराश भएर एमालेमा प्रवेश गर्न थालेका बताएका छन् ।

‘हाम्रो पार्टीले मतदाता मात्र बनायाे । त्यसले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छवि र साख नराम्ररी गिराइदियो । कार्यकर्ताहरू देशव्यापी रूपमा निराश भए । त्यसपछि “बरु एमाले तिरै जाने” भन्ने चिन्तनको विकास हुन थाल्यो र पलायन बढ्दै गयो ।’, उनले भनेका छन् ।

यस्तो छ झलनाथ खनालले पेस गरेको दस्तावेज

 

प्रतिक्रिया दिनुहोस
Advertisement