खेलकुद

झापा गोल्डकपको उपाधि आर्मीलाई

झापा- झापा गोल्डकपको तेस्रो संस्करणको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले हात पारेको छ । घरेलु मैदानमा झापा ११ लार्ई सडेन डेथमा पछि पार्दै आर्मीले उपाधि हात परेको हो । आर्मीले झापालाई सडेन डेथमा ८–७ गोल अन्तरले पराजित गरेको थियो ।

Dish HomeUnited Cement

उपाधिसँगै त्रिभुवन आर्मीले रु १२ लाख ५१ हजार नगद, ट्रफी र प्रमाणपत्र हात परेको छ । पहिलो हाफ गोलरहित वरावारी रहे पनि दोस्रो हाफ भने दुवै टोलीले एकएक गोल गरेका थिए । खेलको ५९ औं मिनेटमा पेनाल्टी बक्सभित्रबाट कर्ण लिम्बूले गरेको प्रहार गोलमा परिणत भएपछि घरेलु टोली झापाले अग्रता लिएको थियो ।

त्यस्तै खेलको ७९ औँ मिनेटमा आर्मीका तर्फबाट भरत खवासले गोल फर्काउँदै खेल बराबर पारेका थिए । दिनेश हेम्जनको कर्नरमा भरतले गोल गरेका थिए । निधारधित समयमा अन्य गोल हुन नसकेपछि १५ मिनेट अतिरिक्त समय थप भएको थियो । थपिएको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइवेकरमा पुगेको थियो ।

टाइवेकरमा पनि ३–३ को बराबरी भएपछि खेलको निर्णय सडन डेथमा पुगेको थियो । दुवै टोलीले १०–१० पेनाल्टी प्रहार गर्दा आर्मीले सडन डेथमा ८–७ ले बाजी मारेको हो । झापाका गोल रक्षक किशोर गिरी दशौं पेनाल्टीमा चुक्दा झापा पराजित भएको थियो । उपविजेता झापा ११ ले  छ लाख नगदसहित ट्रफी हात परेको छ ।

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा झापाका मिडफिल्डर योगेश गुरुङ मष्ट भ्यालुएबल प्लेयर बनेका छन् । उनले यामाहा कम्पनिको एउटा मोटरसाइकल प्राप्त गरे ।

त्यस्तै प्रतियोगिताका उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु, उत्कृष्ट डिफेनडर झापाका देवेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्डर आर्मीका सन्तोष तामाङ र बेष्ट कोच आर्मीका चुनबहादुर थापा घोषित भए । उनीहरूले जनही रु ३१ हजार नगद प्राप्त गरे । त्यस्तै झापाका कर्ण लिम्बु हाइएष्ट स्कोरर हुँदै रु ५१ हजार प्राप्त गरे । उनले प्रतियोगिताभर तीन गोल गरेका थिए ।

Comments

comments

ad

धेरै पढिएको समाचार

NIC Asia Bank
NMB Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Nepal Life Insurance

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top