हास्य कलाकार पाँडे र जिग्रीविरुद्ध प्रहरीमा उजुरी


काठमाडौं – मिडिया हवले हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टीमविरुद्ध प्रहरीमा उजुरी हालेको छ । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हवले प्रहरीमा कपिराइटको उजुरी गरेको हो ।

हास्य टेलिसिरियल ‘भद्रगोल’ का क्यारेक्टरहरु नक्कल गरेको भन्दै मिडिया हवले कपिराइटको उजुरी हालेकाले आफुलाई त्यस विषयमा छलफल गर्न महानगरीय प्रहरी परिसर टेकुबाट आफूलाई फोन आएको अर्जुन घिमिरे ‘पाँडे’ले जानकारी दिए ।

मिडिया हवले भने जिग्री, पाँडे, बले कक्रोच, सितेबा जस्ता दर्जनौं, क्यारेक्टरहरु आफ्नो उत्पादक भएको भन्दै तीनिहरुमा आफ्नो हक लाग्ने बताएको छ । उजुरीमा कुनै क्षतिपूर्तिको मागदावी भने नगरेको मिठिया हवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement