बाइडेनले सन् २०२४ को राष्ट्रपतिय चुनाब लड्ने


काठमाण्डु – अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ को राष्ट्रपतिय चुनाब पनि लड्ने भएका छन् । ह्वाइटहाउसले वर्तमान राष्ट्रपति बाइडेन आगामी चुनावमा उठ्ने जानकारी दिएको हो । बाइडेनको राजनीतिक भविष्यलाई लिएर आशंका भैरहँदा ह्वाइटहाउसले उनी दोस्रो कार्यकालका लागि चुनाबमा उठ्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सर्वेक्षणमा पछिल्लो समयमा ७९ वर्षिय लोकप्रियतामा कमी आइरहेको देखाइरहेका छन् । बाइडेनकै दल डेमोक्र्याट्सभित्रै पनि उनी आगामी चुनाबमा उठ्ने वा नउठ्नेबारेमा आशंका व्यक्त भैरहेका थिए । तर, ह्वाइट हाउस प्रेस सेक्रेटरी जेन पास्कीले बाइडेनको चुनावमा उठ्ने योजना रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement