अमेरिकी राष्ट्रपतिले दिए नयाँ वर्षको शुभकामना


एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ वर्ष २०७८ सालको शुभकामना दिएका छन् ।

बुधबार बिहान ट्वीटरमार्फत राष्ट्रपति बाइडेनले नेपालीहरुको नयाँ वर्ष २०७८ सालको शुभकामना व्यक्त गरेका हुन् । उनले नवरात्री र विक्रम संवतको शुभकामना व्यक्त गरेका छन् ।

बाइडेनले दक्षिण एसियाली र दक्षिणपूर्वी एसियालीहरुले मनाउने लाई विभिन्न उत्सव र चाडपर्वहरुको लागि शुभेच्छा व्यक्त गरेका हुन् ।

बाइडेनले नेपाली लगायत बंगाली, कम्बोडियन, लाओ, म्यानमारिज, सिहालिज, तमिल, थाई र विसु नयाँ बर्षको समेत शुभकामना दिएका छन् । यो साताभर विभिन्न आप्रवासी समुदायबाट अमेरिकामा मनाइने वैशाखी, नवरात्री, नयाँ वर्ष पर्व मनाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement