लुम्बिनी प्रदेशका मुख्यमन्त्री महरालाई प्रदेश सभामा विश्वासको मत प्राप्त


काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गरेका छन् ।

आज शुक्रबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराले ४८ सांसदको मत पाएका छन् ।

मुख्यमन्त्री महरालाई एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, एकीकृत समाजवादीका १ र स्वतन्त्र सांसद १ गरी ४८ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका छन् ।

मुख्यमन्त्री महराको विपक्षमा कांग्रेसका २७ र जनमोर्चाका १ सांसद उभिएका थिए । राप्रपा ४ र लोसपाका ३ सांसद बैठकमा अनुपस्थित रहेका छन् ।

८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । माओवादी केन्द्र संसदीय दलका नेता महरा ४८ जनाको समर्थनमा चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement