कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान


काठमाण्डु – कोशी प्रदेशमा सरकार गठनका लागि प्रस्ताव पेस गर्न आह्वान भएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनको प्रस्ताव पेस गर्न आह्वान गरेका हुन्।

बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले उद्वव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय बदर गरेपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो। सभामुख बाबुराम गौतम समेतको हस्ताक्षर संलग्न गरी सरकार गठन गर्ने कार्य संविधान विपरीत भएको भन्दै सर्वोच्चले थापाको नियुक्ति बदर हुने आदेश दिएको थियो।

संविधानको धारा १६८ को (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस
Advertisement