संवैधानिक तथा कानून पत्रकार मञ्चमा दुलाल


काठमाडाैँ—संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको पाँचौँ अधिवेशनले नेपाल लाइभका प्रमुख समाचारदाता दुर्गा दुलालको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

मञ्चको उपाध्यक्षमा राष्ट्रिय समाचार समितिका (रासस) कालिका खड्का, महासचिव भाषा शर्मा (नागरिक दैनिक), सचिव दीपक खरेल (नेपाल खबर) र कोषाध्यक्षमा नीराजन पौडेल (राजधानी दैनिक) चयन हुनुभएको हो ।

सर्वसम्मत चयन भएको कार्यसमितिका सदस्यमा कान्तिपुर टेलिभिजनका दीपक आचार्य र हिमाल खबरका शरद ओझा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement