जुम्लाको चन्दननाथ नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार कठायत विजयी


काठमाण्डु – जुम्लाको चन्दननाथ नगरपालिकाको मयेरमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । नगर प्रमुखमा स्वतन्त्र उममेदवार राजु सिंह कठायत २ हजार ४०३ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका पदमबहादुर शाहीले २ हजार ३२२ मत ल्याए । कांग्रेसले टिकट नदिएपछि महासमिति सदस्यबाट राजीनामा दिएर उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

स्वतन्त्रमा उम्मेदवारी दिएका कठायतले नेकपा एकीकृत समाजवदी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग गठबन्धन गरेका थिए ।

उपमेयरमा नेपाली कांग्रेसकी रामदेवी खड्का निर्वाचित भएकी छन् । खड्काले २ हजार ८०८ मत प्राप्त गरिन् ।समाजवादीका भिमबहादुर थापाले १ हजार ६७६ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस
Advertisement